१६ चैत्र २०८०, शुक्रबार

विद्यार्थीले आफुविरुद्ध नाराबाजी गरेपछि, देउवाले अपशब्द बोल्दै औंलो ठड्याए

wJuA4IT8YogmRwagNLCq

काँग्रेस पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले सानेपामा धर्ना तथा जुलुश प्रदर्शन गरेको हो ।

विधान मिचेर संघको तदर्थ समिति चयन गर्न खोजिएको भन्दै उनीहरुले कडा आपत्ति जनाएका छन् । उनीहरुले ‘विधान मिच्न पाईँदैन्, वृद्धाआश्रम चाहिँदैन्’ भन्ने मूल नारा लगाएका छन् ।

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा उनीहरुले देउवाविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए । प्रदर्शनको नेतृत्व नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले गरेका थिए ।

विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए । नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षीय उमेर हद व्यवस्था गरिएको छ ।