११ बैशाख २०८१, मंगलवार

आफ्नै पैसा ८ लाख माग्न जाँदा मारिए मनोज

232351052goli

जनकपुरमा एक जना व्यावसायीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा जनकपुर वडा नम्बर २ वकिल टोलका मनोज साह छन् ।

बुधबार बिहान करीब १० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियाका पंकज भनिने शङ्कर चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर–१ बस्ने मनोज साहको मृत्यु भएको हो ।

उनी शिव आयलका सञ्चालक समेत हुन् । साहलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले जनकपुर १४ मुझेरीयाका पंकज चौधरीलाई पक्राउ गरेको छ ।

पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए । जसबाट करीब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो । घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको ? ’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् ।