१५ बैशाख २०८१, शनिबार

तारकेश्वरमा विद्यालयको छाना खस्यो, चाबहिल मूल सडकमै घर भत्कियो

तारकेश्वरमा विद्यालयको छाना खस्यो, चाबहिल मूल सडकमै घर भत्कियो

तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको ट्रसले छाएको छानो खस्दा कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थी घाइते भएका छन्। कुनै विद्यार्थीका अनुहार, कसैका हात लगायत शरिरका विभिन्न भागमा सामान्य चोट लागेको छ

घाइतेहरुलाई मेडिसिटी अस्पतालमा लागिएको छ भने उनिहरुको अवस्था सामान्य रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिनुभएको छ।

त्यसैगरी महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए अनुसार चाबहिल मूल सडकमै घर भत्किँदा ४ जना घाइते भएका छन । घाइते मध्ये एकजना बाटोमा हिँडिरहेका र तीनजना मजदुर रहेका छन ।

धाइते दुई जनाको अवस्था सामान्य छ र उनीहरु घर फर्किसकेका छन् भने अन्य दुई जनाको चाबहिलामा रहेको दीर्घायु अस्पतालमा उपचार भइरहेकाे छ ।

चार दिनदेखी भत्काउन थालिएको पुरानाे घर बुधबार भत्काउने क्रममा एक्कासी ढलेको हो ।