७ बैशाख २०८१, शुक्रबार

एउटी महिलाको अनौठो चाहनाः २२ औं पटक गर्भवती

images

मानिसका अनेक चाहना हुन्छ । यस्तै चाहना मध्ये बढी बच्चा जन्माउने चाहना बोकेकी एक महिलाले आफु २२ औं पटक गर्भवती भएको घोषणा गरेकी छिन् ।

सुपरममका नामले समेत चर्चित ४४ वर्षीया ब्रिटिश महिला सू राडफोर्ड फेरि एकपटक गर्भधारण गरेको बताएकी हुन् । २१ औं बच्चाले घेरिएकी उनले अब २२ औँ बच्चालाई जन्म दिने बताएकी हुन् ।

22%20baby%20women

उनका पति नोएल भने ४८ वर्षका छन् । ब्रिटेनको मोरेकैम्बेमा बस्ने नोएल–राडफोर्डको परिवारलाई ब्रिटेनको सबैभन्दा ठूलो परिवारका रुपमा लिइन्छ ।

एक यूट्यूब भिडियोमा महिलाले अल्ट्रासाउण्डको रिपोर्ट देखाउँदै आफू फेरि गर्भवती भएको जानकारी दिएकी छन् ।

 

CGTyzB3DW4WK64eBf1UC

२०१८ मा पछिल्लो बच्चा जन्माएकी सूले आफुले पछिल्लो गर्भधारण गरेको १५ हप्ता भएको जनाएकी छिन् । यसपटक छोरालाई जन्म दिन चाहना रहेको पनि उनले बताएकी छिन् । यस पटक छोरा जन्मिए उनका ११ छोरा र ११ छोरी हुनेछिन् ।

 

ब्रिटेनकै सबैभन्दा ठूलो परिवारको पारिवारिक खर्च के ले धान्ला सबैलाई उत्सुक हुनु स्वाभाविक हो । उनको परिवार धान्ने व्यवसाय भने पारिवारिक बेकरी बिजनेस रहेको बताइएको छ । १० कोठाको घरमा परिवारका सबै सदस्य बस्ने गरेको पनि अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

22%20baby%20women12

एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार...