१३ बैशाख २०८१, बिहीबार

‘प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिई नौ राउण्ड गोली हान्यो’ कारबाहीको सिफारिश (सूचीसहित)

manab 9FX01lDvRp

राष्ट्रिय मानवअधिकार आयोगले प्रतिबन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको ठहर गरेको छ ।
कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्षले प्रहरी भित्र खलबल मच्चिएको छ ।

स्थलगत अनुसन्धानपछि सोमबार बसेको आयोगको बैठकले यस्तो निकालेको हो । पौडेल सर्लाहीको लालबन्दी नगरपालिकास्थित जंगलमा गत असार ४ गते मारिएका थिए। आयोगको निणर्यसंगै प्रहरी महानिरीक्षक उक्त काण्डमा तानिएका छन् ।

गोली प्रहारको निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत आयोगले कारबाहीको सिफारिस गरेकाले प्रहरीभित्र उक्त काण्डले ठूलै छटपटि ल्याएको छ । प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको आयोगको निष्कर्ष छ ।

आयोगको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गोली हानी मारिएको र दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको प्रतिवेदनमा उल्लेख छ।

आयोगले उक्त घटनापछि शव परिक्षण गर्ने जिल्ला अस्पतालका डाक्टर वीरेन्द्रकुमार यादव,इन्स्पेक्टर किरणकुमार न्यौपाने र सइ सूर्यकुमार कार्कीलाई समेत कारबाही गर्नपनि निर्देशन दिएको छ । पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानेर मारिएको आयोगको भनाई रहेको छ ।

Capture 1kumar paudel nhrc press note