५ जेष्ठ २०८१, शनिबार

१३१३मा कोरोना संक्रमण पुष्टि, १४५५ जना संक्रमण मुक्त

corona testkit scaled

नेपालमा आज (शुक्रवार) १२,२६२ पिसिआर टेस्ट भएकोमा थप १,३१३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १८,२८९ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ । हाल क्वारेन्टाइनमा ६४६४ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,४५५ जना र आज सम्म ५१,८६६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा २२७ जना उपचाररत छन जसमा प्रदेश १ मा ११, प्रदेश २ मा १९, बाग्मती प्रदेशमा १३५, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ३९ जना, कर्णाली प्रदेशमा १७ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा ३४ जना र प्रदेश ५ मा २ जना गरी जम्मा ३९ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएको छ । हालसम्म मृतक ४५९ जनामा कोरोना पुष्टि भएको छ।