१६ बैशाख २०८१, आईतवार

१० जनाको निधन, १,३२५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

MC Dhambojhi
फाइल फोटो

नेपालमा आज (आईतवार)९,५८४ पिसिआर टेस्ट भएकोमा थप १,३२५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,४७८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,४५१ जना रहेका छन । पछिल्लो २४ घण्टामा ९६६ जना र आज सम्म ४६,२३३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा १९० जना उपचाररत छन जसमा प्रदेश १ मा ९, प्रदेश २ मा १६, बाग्मती प्रदेशमा १२६, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २३ जना, कर्णाली प्रदेशमा ११ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा ३३ जना र प्रदेश ५ मा २ जना गरी जम्मा ३६ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । हालसम्म मृतक ४११ जनामा काेराेना पुष्टि भएकाे छ।