१२ बैशाख २०८१, बुधबार

महराका दुई छोरा सामाजिक सन्जालमा लेख्छन: ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’

mahara sons e1570034189470

बन्दुक समाएको फोटो राख्दै महराका २ छोराले लेखेको फेसबुक स्टाटस 

संसद सचिवालयमा कार्यरत एक महिला स्वास्थ्यकर्मीले यौन दुराचारको आरोप लगाएपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराका दुई छोराहरु निर्मल र राहुलले युद्धमा जाने संकेत गरेका छन् ।

जनयुद्धका क्रममा बन्दुक बोकेका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनीहरुले एकै प्रकारको स्टाटस लेखेका छन् ।

निर्मल र राहुलले आफ्ना बाबुविरुद्ध नेपालकै दलहरु र विदेशी शक्ति केन्द्रसमेत मिलेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । त्यसलाई उनीहरुले क्रान्तिकारीहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेलको संज्ञा दिएका छन् ।

राहुल महरा लेख्छन :

राजनैतिक इतिहासमा जनताकै पक्षमा अपुर्व त्याग गरियो,अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता,कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ ।
बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरु संग फेरि भेट हुने छ ।

निर्मल महरा लेख्छन:

उनीहरुले हतियारसहितको फोटो सेयर गरेर समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको र क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भनेर लेख्नुको अर्थ फेरि युद्धमा जाने संकेत गरेका छन् ।

के क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भन्नुको तात्पर्य उनीहरु विप्लव पार्टीमा जाने संकेत पनि गरेका हुन् त?

हेर्नुहोस्, निर्मल महराको स्टाटस ।

राहुल महराको स्टाटस ।

महराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चेतावनीको भाकामा ‘सन्देश’ दिएका छन् ।