६ बैशाख २०८१, बिहीबार

प्रतिनिधि सभाको वेवसाइटबाट महराको नाम हटाइयो

s

संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेवसाइटबाट हटाएको छ ।

संघीय संसदको प्रतिनिधि सभाको वेवसाइटबाट महराको नाम हटाइएको हो । साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको छ । त्यसभन्दा तल डा शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।

महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा. भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

 

a