१९ बैशाख २०८१, बुधबार

भगवतीमाई गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने (निर्णय सहित)

dailekh bhagawatimai school reopens

जिल्लाको भगवतीमाई गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को कारणले नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि नेपालमा लकडाउन जारी गरिएको थियो । लकडाउनका कारण बन्द भएका विद्यालय ६ महिना पछी असोज ४ गते देखि सञ्चालन गरिने भएको हो ।

गाउँपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएर शुन्य अवस्थामा पुगेको भए पनि विद्यालय सञ्चालन हुन नसकेको भन्दै अभिभावकको चर्को दवाब रहँदै आएको थियो । त्यस्तै शिक्षा विकास तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालन कार्यविधि २०७७ को ३३(२) को निर्देशिकाले अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न बाधा नपर्ने भए बमोजिम विद्यालयमा सामाजिक सुरक्षाको मापदण्ड अपनाउदै भगवतीमाई गाँउपालिका भित्रका ३२ वटा सामुदायिक विद्यालय र १ वटा संस्थागत विद्यालय गरी ३३ वटै विद्यालय सञ्चालन गर्ने लागिएको भगवतीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख मानबहादुर विश्वकर्माले जानकारी दिए ।

लामो समय सम्म विद्यालय सञ्चालन हुन नसक्दा निराश भएका विद्यार्थीहरु विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् । मंगलबार गाउँपालिकामा बसेको गाउँ शिक्षा समितिको बैठकमा उपस्थित सम्पुर्ण विद्यालयका प्रधानअध्यापक, ७ वटै वडाका वडा अध्यक्ष र अभिभावकले विद्यालय खोल्ने निर्णय गरेकाले आउँदो आइतबारबाट विद्यालय सञ्चालन हुने गाउँपालिका अध्यक्ष दान बहादुर थापाले नेपाल घटनालाई जानकारी दिएका छन् ।

गाउँपालिकामा पछिल्लो एक सातादेखि स्वाव परिक्षण गर्दा कुनै पनि नयाँ कोरोना संक्रिमित नदेखिएकोले विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यार्थीलाई पढाउन लागिएको हो । गाउँपालिकाले जानकारी गराए अनुसार हरेक विद्यालयलाई गाउँपालिका तथा अन्य सहयोगीहरु संगको सहकार्यमा स्वास्थ्य सामाग्री प्रदान गरिने छ ।

विद्यालयमा आवश्यक पर्ने औषधि सहित गाउँपालिका भित्र रहेका स्वास्थ्यकर्मीहरुलाई खटाइने र विद्यालयमा विद्यार्थीको स्वाव परिक्षण गरिने छ । यदि केही लक्षण देखिएमा तत्काल उपचारको ब्यवस्था मिलाउने गरी ब्यवस्थापन गरिएको र बाहिरबाट विद्यालयमा हाजिर हुन आउने शिक्षकहरुले पीसिआर परिक्षण गरेर मात्र विद्यालयमा हाजीर हुन भनिएको भगवतीमाई गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

schoo sanmchal nirya