१५ चैत्र २०८०, बिहीबार

१०० वर्षको उमेरमा पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

anirudra

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको बत्तिसपुतलीस्थित निजी निवासमा मंगलबार बेलुकी ७:३० बजे निधन भएको छ । एक सय वर्षका सिंहको निमोनियाका कारण निधन भएको हो ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका सिंहले बडाहाकिम भई काम गर्नुभएको थियो भने २०१२ सालमा शाही सल्लाहकारमा मनोनीत हुनुभएको थियो । २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भएर सर्वोच्च अदालतको गठन पश्चात प्रधान न्यायाधीशका रुपमा तीन वर्ष कार्यभार सम्हाल्नु भएको थियो ।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष हुँदैँ वहाँले कानुन, वन लगायतका मन्त्री पद पनि सम्हाल्नु भएको थियो ।

२०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा नियुक्त हुनुभएको थियो ।