१४ बैशाख २०८१, शुक्रबार

सांसद विसुन्केको पहलमा ६ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण हुँदै

parwati bisunkhe ailekh

दैलेख जिल्ला क्षेत्र नं १ का ६ पालीकालाई सांसद पार्वती बिसुन्केको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण हुँदैछ ।

सांसद बिसुन्केले एकल पहलमा जिल्लाका ६ पालिका सहित जिल्ला कारागार, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र समुदाय स्तरमा घरदैलो कार्यक्रम मार्फत स्वास्थ्य सामाग्री प्रदान गर्ने बताएकी छिन ।

मंगलबार जिल्लामा क्रियाशील पत्रकारहरुसंगको भेटघाट कार्यक्रमा उनले यस्तो बताएकी हुन् ।

जिल्लामा भएका विना बर्दीका सिपाहीको रुपमा पत्रकारहरुको भूमिका ठुलो रहेको भन्दै भेटघाट कार्यक्रमलाई पहिलो प्राथमिकता दिदै स्वास्थ्य सामाग्री हस्तानतरण कार्यक्रमको शुरुवात गरेकी छिन ।

विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारणले काठमाडौंमा रहेकी बिसुन्के जिल्लामा फर्के संगै जिल्लाका पत्रकारहरु संग भेटघाट गरेकी हुन । भेटघाट कार्यक्रममा उनले कोरोना भाइरस रोकथामका लागी आफ्नो तर्फबाट भए गरेका काम कार्वाहिको बारेमा जानकारी गराईन ।

उनले भनिन् “तपाईहरुले सुचना ल्याइदिएका कारण सम्बन्धीत तहलाई घचघच्याउन सजिलो भयो । त्यसैले गर्दा नागरिकले जहाँ राहत पाउनु पर्थ्यो त्यहाँ पाएका छन्” । आफुले काठमाडौंमा रहँदा समस्यामा परेका ५७ जनालाई सहयोग गरेको र अन्यलाई विभिन्न रुपमा दैलेखी सेवा समाज, अधिकारी सेवा समाज लगायत मिलेर सहयोग गरेको धारण ब्यक्त गरिन् ।

साथै उनले दैलेख क्षेत्र नं १ का ६ पटा पालिका, जिल्ला कारागार दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, ट्राफिक कार्यालय दैलेखलाई समेटदै ५ हजार २ सय ५० सर्जिकल माक्स, एन ९५ मास्क १०० थान गाउन १०० थान्, थर्मगन १५ वटा ५०० वटा पन्जा, सु–कभर(जुत्ता) १०० जोडि, चस्मा ५० वटा, र सेनिटाइजर २०० बोटल सहयोग स्वरुप पदान गर्न लागेको बताइन् ।

पत्रकार महासंघ दैलेखका कार्यबहाक अध्यक्ष कृष्ण देवकोटाले “जिल्लामा कोरोना माहामारी नियन्त्रण गर्नको लागि सबैको भूमिका निकै अपरिहार्य रहेको” बताए । साथै “जिल्लामा समन्यवको कमी भएको कारण पालिकाहरु लगायत आम नागरिकले आफु खुसी काम गरेको हुनाले समुदायको दिगो विकास गर्ने जनसहभागिताको बृद्धी गर्न नितिगत कुरा ब्यवहारमा ल्याउन जनप्रतिनिधिको धेरै भूमिका रहेको” सुझाब दिए ।

विपतमा सबै मिलेर यस्ता महामारी नियन्त्रण गर्नुपर्ने भन्दै जिल्लामा हुने गरेका भ्रष्टाचार, अनियमितता लगायतका सुचनाहरु पत्रकारहरुले सुझाबको रुपमा सांसद बिसुन्केलाई जानकारी गराए ।