२१ बैशाख २०८१, शुक्रबार

हापुर खोलाले गाडी बगायो

bus 1

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले आज ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्य बराबरको क्षति पुगेको छ ।

चितवनबाट आएको ना ४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पु¥याएको छ । घोराही उपमहानगरपालिका–१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ ।