१५ बैशाख २०८१, शनिबार

कांग्रेस महामन्त्री कोइरालामा कोरोना संक्रमण!

shashanka koirala
फाइल फोटो

काँग्रेस महामन्त्री डा शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

ज्वरो आएपछि सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको सोमबार बेलुकी नै ह्याम्स अस्पतालले रिपोर्ट दिएको थियो।

तिवारीका अनुसार कोइरालालाई सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिए ।

उक्त रिपोर्टमा कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले पुन: स्वाब परीक्षण गरेको हो।

उनले आफूसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको र रिपोर्ट भने आउने क्रममा रहेकाे बताए ।