४ बैशाख २०८१, मंगलवार

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

reha chakravarthi

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ।

न्युज एजेन्सी एएनआईले मंगलबार उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै रियाको गिरप्mतारी पुष्टि गरेको छ । 

उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।

अभिनेता सुशान्त सिंह राजपुतको ‘आत्महत्या’ प्रकरणमा लागु पदार्थ जोडिएपछि  एनसीबी केही दिनदेखि रियासँग बयान लिइरहेको थियो । उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

सेप्टेम्बर ६ मा शौविक चक्रवर्तीसँगै सुशान्त सिंह राजपुतका म्यानेजर स्यामुएल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो ।

चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने छ।