१६ चैत्र २०८०, शुक्रबार

२२१ जना केटासँग प्रेम असफल भएपछि कुकुरसँग बिहे

67664291 361330964805841 5325954460030074880 n

बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् ।

इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । उनी ४९ बर्षकी छिन् ।

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो ।

उनको एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन् ।

    सम्बन्धित समाचार...