६ बैशाख २०८१, बिहीबार

रिसले आँखा नदेखेपछि प्रेमिका चढेको कार डोजरले पुरिदिए……..

aaa

भनिन्छ मानिसलाई रिस उठेपछि आँखा देख्दैनन् । यसै भनाईसँग मेल खाने एउटा घटना अहिले चर्चामा रहेको छ ।

अमेरिकाको फ्लोरिडा शहरमा बस्ने एक युवाले आफ्नो प्रेमिकासँग रिस उठेपछि यस्तो अचम्मको हर्कत गरेका छन् जसकारण उनलाई जेल जानुपरेको छ ।

अमेरिकी सञ्चारमाध्यम न्यूजविकका अनुसार २० वर्षिय आरोपी हन्टर मिल्स आफ्नी प्रेमिकासँग यतिसम्म रिसाए की उनले प्रेमिका चढेको कारमा जेसीबी डोजर ल्याएर माटो हालिदिए ।

ECDedVjWsAEuAir ECDedVjWwAAgp7L

धन्न प्रेमिका कारबाहिरै थिइन र उनलाई केही भएन । तर, प्रेमिकाले चढेको सेतो काडिल्लाक कारको छत माटोले पुरियो र कारको भित्री भागमा पनि माटो पस्यो ।

प्रहरीका अनुसार मिल्सले आफ्नी प्रेमिकालाई कुरा गर्न आफूले काम गर्ने ठाउमा बोलाएका थिए । उनकी प्रेमिका अरु नै मानिसको कार लिएर उनलाई भेट्न गएकी थिइन्, त्यो कुरा उनलाई मन परेन । त्यसपछि उनीहरु बीच मनमुटाव भयो ।

प्रेमिकाले आफ्नो एक प्रश्नको उत्तर दिन नमानेको झोँकमा मिल्सले जेसिबी ल्याएर कारको छतमा माटो हालिदिए ।उनको त्यस्तो हर्कतको कारण कारको मर्मतमा एक हजार डलर भन्दा बढी खर्च हुने बताइएको छ । उक्त रकम मिल्सबाट क्षतिपूर्ती भराउने गरी मुद्दा चलाइएको छ ।

स्थानीय प्रहरीले यस घटनाको तस्विर आफ्नो ट्विटर एकाउन्टमा सेयर गरे पछि यो घटना चर्चित भएको थियो । एजेन्सीको सहयोगमा

Photo : OkaloosaSheriff Twitter

    सम्बन्धित समाचार...