१४ बैशाख २०८१, शुक्रबार

तेलेगू अभिनेता जय प्रकाश रेड्डीको निधन

Jayaprakash Reddy

दक्षिण भारतीय तेलेगू फिल्म अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

आन्ध्र प्रदेशको गुन्टुरुमा उनको हृदयघातका कारण अचानक निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे ।

७४ वर्षीय रेड्डीको ह्दयघातका कारण आज (मंगलबार) बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा मृत्यु भएको हो ।

उनको निधनप्रति तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको भन्दै भारतीय नेता र कलाकालहरुले दुःख ब्यक्त गरेका छन् ।

आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले संवेदना ब्यक्त गर्दै तेलगु फिल्मका दिग्गज कलाकार अस्ताएको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।

    सम्बन्धित समाचार...