१४ बैशाख २०८१, शुक्रबार

पुजारी हत्या अभियोगमा दुई पक्राउ, सोही स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि शिलान्यास

pujari

रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन् ।

उनीहरुलाई बिहारबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो । पक्राउ परेका दुवैले अभियोग भने स्वीकारिसकेका छैनन् ।

सोही प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल भने फरार छन् ।

पुजारीको हत्या गरिएको स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको घोषणा बमोजिम मन्दिर तथा मठ निर्माण गर्नका लागि सोमबार शिलान्यास गरिएको छ । सांसद साहले आइतबार मात्रै उक्त स्थानमा मन्दिर र मठ निर्माण गर्ने घोषणा गरेका थिए ।