१३ बैशाख २०८१, बिहीबार

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

Bidya Sundar Shakya

काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रमुख शाक्यको सचिवालयका अनुसार उहाँको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो । श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुगेपछि मेयर शाक्यको पनि कोरोना परीक्षण गरिएको थियो ।

हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहनुभएको छ । उहाँमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । उहाँको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उहाँकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।