१४ बैशाख २०८१, शुक्रबार

शिक्षण संस्था भदौ मसान्त सम्म बन्द

kathmandu lockdown

सरकारले शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । 

यस्तै सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौं १५ सम्मका निषेध गरिएकाअन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाइएको छैन ।