१४ बैशाख २०८१, शुक्रबार

लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय

Buspark

सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म सारेको छ । यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।