२५ बैशाख २०८१, मंगलवार

११ हजार ५ सयको पिसिआर टेस्ट, २०७ को निधन, ८८४ संक्रमित थपिए

corona 1

नेपालमा आज (शनिबार) ११,५१६ पिसिआर टेस्ट भएकोमा थप ८८४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १६,५७८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । हाल क्वारेन्टाइनमा ८०३५ जना रहेका छन । पछिल्लो २४ घण्टामा ३१३ जना र आज सम्म २०,५५५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना गरेर उपत्यकामा १८६ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १७५ जना उपचाररत छन जसमा प्रदेश १ मा १५, प्रदेश २ मा ३८, बाग्मती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १७ जना र कर्णाली प्रदेश्मा २४ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १७ जना र प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । हालसम्म मृतक २०७ जनामा काेराेना पुष्टि भएकाे छ।