१६ बैशाख २०८१, आईतवार

निशान राईको कांग्रेसमै निरन्तरता

rai nishan

खोटाङका युवा नेता तथा सामाजिक ब्यक्तित्व निशान राईले नेपाली कांग्रेस पार्टीमै निरन्तरता दिने भएका छन् । २०६४ सालदेखी २०७२ सालसम्म कांग्रेसको राजनीति गरेर राप्रपा पार्टीमा आवद्ध भएका राईले पुनः आएर कांग्रेस पार्टीमै निरन्तरता दिएका हुन् ।

बिहीबार वीपी स्मृती भवन दिक्तेलमा पार्टी प्रवेश कार्यक्रममा अबको राजनीतिक यात्रा कांग्रेसमा रहेर विधि र विधान अनुसार राजनीति गरिने राईले बताएका छन् । २१ वर्षको उमेरदेखी स्वदेश तथा विदेशमा रहेर सामाजिक कार्यमा क्रियाशिल राई ०६४ सालदेखी ०७२ सालसम्म कांग्रेसको क्षेत्रिय प्रतिनिधि बनेका थिए ।

nishan rai

२०७४ सालको स्थानीय निर्वाचनमा राप्रपाबाट राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको प्रत्यासी पनि हुन् । आफूलाइ पदको मोह र लालचा नभई पार्टीमा निरन्तरता दिएको राई बताउँछन् ।

वीपीको समाजवादलाई आधार मानेर कांग्रेसले समय अनुसार परिमार्जन गर्दै गणतन्त्र, राष्ट्रियता, सार्वभौमसत्तालाई बलियो बनाउनुपर्ने कांग्रेसको हालको पहिलो जिम्मेवारी रहेको राई बताउनुहुन्छ । होटल व्यवसायमा संलग्न राईले कृषिलाई अगाडी बढाउँदै होम स्टेको अवधारणा राखेर नेर्पामा ‘होम स्टे एण्ड एग्रो टुरिजम’लाई पनि अगाडी बढाईरहेको छ ।

कांग्रेसमा पुनः निरन्तरता दिएकोमा राईलाई नेपाली कांग्रेस खोटाङका पार्टी सभापति नरेशकुमार श्रेष्ठ, पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईलगायतले पार्टीमा स्वागत गरेका छन् ।

यसैवीच, नेर्पाका मोहन गुरुङ, नुनथलाका रविन राई र लफ्याङका राम खड्का कांग्रेसमा प्रवेश गरेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । उनीहरुलाई पार्टी सभापति श्रेष्ठ, पूर्व पार्टी सभापति राई लगायतले स्वागत गरेका थिए ।