१६ बैशाख २०८१, आईतवार

छ वर्ष सम्म थन्कियो भूकम्प पिडितलाई आएको राहत

palpa durbaar

२०७२ साल बैशाख १२ गते गएको भुकम्पका पिडितहरूको लागि प्राप्त राहत सामाग्रीहरू अहिलेसम्म पाल्पा दरबार भित्रै थन्किएको छ । सामग्रीमा खाधान्न, लत्ताकपडा, त्रिपाल लगाएत रहेका छन । छ वर्षदेखी थन्किएको राहत दरबारमा कुहिदै गएको छ ।

पिडितका लागि आएका राहतका सामाग्रीहरू उनीहरुले पाउन नसकेको गुनासो गर्छन तर बन्द कोठा भित्र खाद्यवस्तु कुहिँदा समेत कोठा खोलिएको छैन । सबै राहतका सामाग्रीहरू बन्द कोठामा राखिएको छ ।

भुकम्पको बेला कतिपय नागरिकहरू भोक भोकै बस्नु पर्याे भने कतिपय घरबार बहिन नागरिकहरू खुला आकाश मुनि बस्नु पर्याे । भुकम्प पिडितहरूका लागि आएको राहत सामाग्री आंशिक रुपमा बितरण गरी केही सामाग्री पाल्पा दरबारको कोठा भित्र नै सिमित राखिएको छ ।

palpa relief earthquake

यस विषयमा पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भुकम्प पिडितका लागि आएको केही त्रिपाल, तथा लत्ताकपडा वाँकी रहेको तर खाधान्य भने वाकी नरहेको दावी गर्नुहुन्छ ।

बाँकी रहेका सरसमान विपद व्यवस्थापन समितीको बैठकबसी निर्णय गरि बितरण गरिने भनिएता पनि समिति बैठक कहिले बस्ने भन्ने बारे टुङ्गो लाग्न सकेको छैन ।