१५ बैशाख २०८१, शनिबार

नदिमा दुई बालक बेपत्ता

Drowning

दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं । ४ भेलतडीका दुई बालक मंगलबार बाख्रा चराउनको लागि बाख्रीपाला गएको समयमा पौडी खेल्दै गर्दा नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दैलेख प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन्। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको बुझ्नमा आएको छ ।

नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। स्थानीयले पनि खोजी कार्य जारी राखेको दैलेखका डीएसपी हरिबहादुर वलीले जानकारी दिए। उनिहरुको खाजिकार्यमा नेपाल प्रहरी र सशस्त्रा प्रहरीको टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।