१७ बैशाख २०८१, सोमबार

कोरोना सङ्क्रमित पुरुषको निधन

117715121 961917527568992 1789271778455919992 o
फाइल फोटो

रुपन्देहीको गैडहवा गाउँपालिका­-३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उहाँको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।

बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उहाँको टाउकामा गम्भीर चोट लागेको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न उहाँको पिसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिएपछि उहाँलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो । उहाँको मृत्युसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ भने कोरोना सङ्क्रमित ६७४ छन् ।