१७ बैशाख २०८१, सोमबार

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

corona nepal

पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत परेको उल्लेख छ ।

स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घर भएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आउनुभएको थियो । पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो । उक्त बैंक भएको भवनमा उहाँ कार्यरत एफएम छ । उहाँको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङ्कलन गरिएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उहाँसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ । प्रदेश निर्देशनालयको आज सार्वजनिक पछिल्लो जानकारीअनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङ्क्रमित थपिएका छन् ।