२३ बैशाख २०८१, आईतवार

गाउँपालिकाको सडकको पैसा गबन सम्बन्धी अडियो बाहिरीएपछी छानविन समिति गठन

dailekh gate

गाउँपालिकाले छानविन समिति गठन सडकको काम नगरी पैसा बाडेको बारेमा समाचार आएपछी दैलेखको गुराँस गाउँपालिकाले ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।

सोमबार पशुपती शर्माको सयोजगत्मा गठन गरिएको छानविन समितिले ३ दिन भित्रमा प्रतिवेदन बुझाउनु पर्ने छ ।

गुराँस गाउँपालिका वडा नं. ६ मा निर्वाचन क्षेत्र विकास कोष बाट संचालित भिउँचुला बगौरा पुलिना सडक स्तरउन्नती कार्यका लागि रु ४९ लाख ६३ हजार ५ सय मात्र विनियोजित भएको र उक्त सयक निर्माणको सन्दर्भमा भिभिन्न संचार माध्याममा आएको अडियो रेकर्ड बारे सत्य तत्थे बुझ्न छानविन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

guras gaupalika

सम्बन्धित

गाउँपालिकामा सडकको लागि छुट्याएको पैसा कामै नगरी खाएको अडियो बाहिरीयो