२० बैशाख २०८१, बिहीबार

गाउँपालिकामा सडकको लागि छुट्याएको पैसा कामै नगरी खाएको अडियो बाहिरीयो

dailekh gate

कर्णाली प्रदेश संग नजिकको दैलेखको गुराँस गाउँपालिकामा सडकको लागि छुट्याएको पैसा कामै नगरी ३ जनाले मिलेर खाएको अडियो बाहिरीए संगै भाइरल भएको छ ।

गाउँपालिका वडा नं ६ स्थीत एक एक उपभोक्ता समितिका तिन जना मिलेर सडकको काम नै नगरी पैसा खाएको रेकर्डमा प्रष्ट सुन्न सकिन्छ ।

पूर्वाधार विकास अन्त्गत छुट्याएको २ लाख ७३ हजार रकम उपभोक्ता समितिका ३ जना मिलेर खाएको अडियो मार्फत सुन्न सकिन्छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द ओली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२ र९२ हजार रूपैयाँ बाँडेको प्रमाणित भएको छ । समितिका अध्यक्ष खत्रीले आफुसहित ३ जनाले रकम बाँडेर लिएको टेलिफोनमा भनेका छन् ।

उपभोक्ता समितिका अर्का एक जनालाई पनि भनेको र उनले पैसा निल नमानेको अडियोमा छ । ‘कर्णाली प्रदेश सांसद विकास कोषको रकमबाट उक्त उपभोक्ता समितिले ३७ हजार घनमिटर सडक निर्माण श्रमिक लगाएर गर्नुपर्ने थियो’ एक स्थानीयले भने, ‘उनिहरूले मेशिन लगाएर काम गरेकोले बचेको रकम बाँडेका हुन् ।’

दैलेख निर्वाचन क्षेत्र नं.१‘क’का प्रदेश सभा सदस्य धर्मराज रेग्मीले आफ्नो निर्वाचन क्षेत्र भएकाले र यो सडकको विषयमा लकडाउन अगाडि आफु पुगेर हेरेको तथा कोरोनाको कारण अन्तीममा हेर्ने नसकिएकोले यसको निगरानी गाउँपालिकाले राख्नु पर्थो, के कति कारणले यस्तो हुन पुग्यो भन्ने बारेमा आफुले बुझिरहेको र यस्तो काम गर्ने जो कोहीलाई पनि कार्बाही गर्नुपर्ने धारण राखे ।

सम्बन्धित

गाउँपालिकाको सडकको पैसा गबन सम्बन्धी अडियो बाहिरीएपछी छानविन समिति गठन