१४ बैशाख २०८१, शुक्रबार

वरिष्ठ साहित्यकार दीक्षितको निधन

वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौँ — वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

उनका श्रीमती, तीन छोरा र एक छोरीछन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

दिक्षितको ग्याँस च्याम्बरको मृत्यु कृति लोकप्रीइ छ । उनका माधवी कृतिसहित ४६ कृति प्रकाशित छन् ।

    सम्बन्धित समाचार...