१६ चैत्र २०८०, शुक्रबार

‘डेंगु नियन्त्रण गर्न सकेनौं’ – प्रदेश १ मन्त्री घिमिरे

dengue mosquito

(मोरङ) — प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले डेंगु नियन्त्रणका लागि प्रत्येक परिवारलाई जिम्मेवार बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । प्रदेशसभा बैठकमा बुधबार मन्त्री घिमिरेले डेंगुबाट प्रदेश १ सबभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारको अभियानबाट नियन्त्रण गर्न कठिन भइरहेको बताए ।

डेंगु रोग परीक्षणका लागि किटको प्रयोग महँगो भएकोले परम्परागत तरिकाले रगत जाँच गरी उपचार गर्ने तरिका अपनाउन थालेको घिमिरेले संसदलाई जानकारी गराए । पाँचथर, संखुवासभा, ताप्लेजुङ, इलाम, धनकुटा, उदयपुर, भोजपुर, सुनसरी, मोरङ र झापामा गरी ३ हजार १ सय ५२ जनामा डेंगु देखिएको मन्त्री घिमिरेले बताए ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रोग नियन्त्रण महाशाखा, प्रदेश १ का सामाजिक विकास मन्त्रालय डेंगु नियन्त्रणका लागि अभियान चलाइरहे पनि नियन्त्रणमा आउन नसकेको उनको भनाइ थियो । डेंगु नियन्त्रणका लागि फगिङ्ग, लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने र जनचेतना अभिवृद्धि, बिरामीलाई निःशुल्क उपचार गराउँदै आएको घिमिरेले बताए । डेंगु न्यूनीकरण भने भइरहेको उनले दाबी गरे ।

-कान्तिपुर दैनिक 

    सम्बन्धित समाचार...