२० बैशाख २०८१, बिहीबार

वीरगंजका मेयर सरावगी २५ दिनपछि कोरोना मुक्त

bijaya sarawagi

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी कोरोना मुक्त भएका छन्।

१४ साउनमा कोरोना संक्रमण पुष्टि भएका उनी आज संक्रमण मुक्त भएका हुन् । उनले २५ दिनपछि कोरोना जितेका हुन् । काठमाडौंकै एक अस्पतालमा उपचाररत उनको १२ दिन सघन उपचार कक्षमा उपचार भएको थियो।

उनका बुबासहित परिवारका सदस्यहरूसमेत संक्रमण भएका थिए। उनका बुबा अझै अस्पतालमा भएको र आफूसहित अरू परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ उनले आएको बताएका छन्।

उनले आफू कोरोना मुक्त भएको जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन :

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु
कोरोना भाइरस विरुद्धको अभियानमा रहेको अवस्थामा म कोभिड १९ बाट संक्रमित हुन पुगेको कुरा यहाँहरुलाई जानकारीनै छ । काठमाडौं स्थित एउटा अफिसियल बैठकमा भाग लिन जाने क्रममा अचानक विरामी भएपछि परिक्षण गर्दा मिति २०७७ साउन १४ गते मलाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि करिव १२ दिन अस्पतालको सघन उपचार कक्षमा राखि उपचार गरिएको थियो । कोभिडबाट मेरो सम्पूर्ण परिवार समेत संक्रमित भएका थिए । मेरो स्वास्थ्यमा देखिएको समस्या निरुपण भएपनि मेरो रिपोर्ट कोरोना संक्रमण भएको आइरहेकोले म आइसोलेसनमा बस्दै आएको छु । आज वीरगन्ज स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा कोरोना नभएको रिपोर्ट Negative आएको जानकारी गराउदछु । मेरो परिवारका सवै सदस्य यसअघि नै कोरोना मुक्त भैसकेका छन तर मेरो पिताजीको अहिले काठमाडौ स्थित ग्राण्डी अस्पतालमा अतिसघन कक्षमा राखेर उपचार भैराखेको छ । उहाँ स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको छैन । म अस्पतालमा उपचारार्थ रहेको अवस्थामा मलाई हौसला र मनोवल उच्च राख्न महानगरवासी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न राजनीतिक दलका नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका अधिकारीज्यूहरु, नागरिक समाज, संचारकर्मीसाथीहरु, जनप्रतिनिधिज्युहरु, विभिन्न महानगरका प्रमुखज्युहरु, संविधानसभाका सदस्यज्युहरु, संघीय तथा प्रदेश सभाका माननीय सदस्यज्युहरु, माननीय मन्त्रीज्युहरु, मुख्यमन्त्रीज्यु, उपप्रधानमन्त्रीज्यु,पुर्व प्रधानमन्त्रीज्युहरु, सम्माननीय राष्ट्रपतिज्यु, मेरो पाटीका आदरणीय नेतागणले मेरो स्वास्थ्य सुधारका लागि यहाँहरुले दिनुभएको शुभकामना प्रती हार्दिक आभार प्रकट गर्दछु ।मेराे उपचारमा संम्लग्न डाक्टरसाव तथा नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी प्रती विषेश धन्यवाद ज्ञापन गर्दछु ।वीरगन्ज यतिवेला कोरोना संक्रमणका कारण अप्ठ्यारो अवस्थामा पुगेको छ । कोरोना संक्रमित भई उपचारको क्रममा मृत्यु हुनुभएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दछु साथै शोकमा रहनु भएका परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछु । उपचारार्थ अस्पताल र होम आइसोलेसनमा रहनु भएका महानुभावहरुको सिघ्रस्वास्थ लाभको कामना गर्दछु । महानगरपालिकाका जनप्रतिनिधीज्यूहरु र प्रमुख प्रशासकिय अधिकृत सहित संक्रमित सम्पूर्ण कर्मचारी साथिहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।
आदरणीय महानगरवासी दाजुभाइ दिदिबहिनीहरु यहाँहरुको अपार माया र शुभेच्छाले म केही दिन भित्र तपाईंको सेवामा निरन्तर लाग्ने छु । यस विचमा महानगरपालिकाले महानगरवासीको जिवन रक्षाको लागि घोषणा गरिएका सम्पूर्ण अभियानहरुलाई पुन सुचारु गर्न सम्पुर्ण महानगरवासी दाजुभाई दिदीवहिनी, यहाँका सम्पूर्ण राजनीतिक दलका नेतृत्व र प्रतिनिधी साथिहरु, संघीय र प्रदेश सभाका माननीय सांसदज्यूहरु, जनप्रतिनिधीसाथिहरु, राष्ट्रसेवक कर्मचारी. र सुरक्षा निकायका अधिकारीज्यूहरु, नागरिक समाज, गैरसरकारी संघसंस्थाहरु, संचारकर्मीसाथिहरुको साथ र सहयोगबाट वीरगन्जलाई ग्रिनजोन वनाउन सकिने विश्वास व्यक्त गर्न चाहन्छु । कोरोनाबाट वच्न र अरुलाई वचाउन नेपाल सरकारले जारी गरेको आचार संहितालाई पूर्ण पालन गर्न आम महानगरवासी दाजुभाई दिदीवहिनीसँग अपिल गर्दछु ।

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुकोरोना भाइरस विरुद्धको अभियानमा रहेको अवस्थामा म कोभिड १९ बाट संक्रमित हुन…

Posted by Vijay Sarawagi / विजय सरावगी on Sunday, August 23, 2020