१७ बैशाख २०८१, सोमबार

दैलेखमा निषेधाज्ञा भदौ १० गतेसम्म थप

dao dailekh

दैलेखमा भदौ ४ गते देखि जारी निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा थप गरेको जनाएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि तीन दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्नसमेत रोक लगाइएको छ ।

dailekh dao lockdown