२५ बैशाख २०८१, मंगलवार

छांगरु र तिङ्करमा चामल पुग्यो, दाल र नुनतेल पुगेन

changaru

गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी ग¥यो । छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामार्फत खाद्यान्न ढुवानी ग¥यो । यहाँका नागरिकले झण्डै एक क्वीन्टल हाराहारीमा चामल पाए ।

“सरकारले हेलिकप्टरमार्फत चामल गाउँमा पु¥यायो, तर चामल मात्रै पु¥याएको सरकारले छांगरु र तिंकरका लागि नुन, तेल र दाल पु¥याउनुपर्छ भन्ने याद सम्म गरेन”, व्यास गाउँपालिका–१ छांगरुका जगतप्रताप ऐतवालले भन्नुभयो, “एक क्वीन्टल चामल कति दिनलाई पुग्छ, चामलसँग दाल, नुन र तेल चाहिन्छ ।”

जतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी ग¥यो, त्यो बेला सरकारले छांगरु र तिङ्कर गाउँ सम्झियो । नेपालका दुई गाउँ मात्र हैन्, भारतले अतिक्रमण गरेको भूगोलमा रहेका नावी, गुञ्जी र कुटी गाउँका नागरिकसमेतको अवस्था बुझ्ने प्रयास ग¥यो । जति नक्साको कुरा कम हुँदै गयो, अहिले भने यहाँका जनताले भन्न थाले, सरकारले छांगरु तिंकर विर्षे जस्तो छ ।

व्यासका युवा सुरज ऐतवाल भन्नुहुन्छ, “छांगरु र तिङ्करलाई राज्यले भुलेजस्तो छ, जति बेला कालापानीको मुद्धा चर्र्किन्छ, सरकारले हाम्रो नागरिक छन् भनेर छांगरु र तिंकर गाउँ सम्झिन्छ, तर वर्षाैदेखि सीमाको रक्षा गरि बसेका नागरिकको अवस्था के छ, के खादैछन् कसरी बसेका छन् भनेर सरकारले फर्केर हेर्दैन ।”

“चामल पु¥याएपछि खै सरकारले व्यासीको कुरा सुनेको ?”, गीता बोहरा भन्नुहुन्छ, “कुञ्चा सरेपछि छांगरु र तिङ्करका नागरिकले कसरी बसेका छन्, सोधेका छैनन्, अहिले छांगरु र तिंकरमा रहेका नागरिकले सदरमुकाम खलंगा जान पाएका छैनन्, खलंगामा रोकिएका छांगरु र तिंकरका बासिन्दाले बाटो नहुँदा गाउँ जान पाएनन् ।”