१४ बैशाख २०८१, शुक्रबार

दैलेखमा धुमधामले मनाइने तीज यो बर्ष शुन्य

teej dailekh
फाइल फोटो

गएका बर्षहरुमा जिल्लाका अधिकाँश ठाउँका महिलाहरुले साउन्ड सिस्टम बजाएर वा मादलमा स्थानीय महिलाहरुले गाएका गीतले दैलेखका अधिकाँश ठाउँ गुन्जायमान हुन्थे । केहि बर्ष यता तीजमा महिला तथा पुरुषको पनि उतिकै सहभागिता हुने गरेको छ ।

२०७६ भाद्र १६ गतेको तीजमा महिलाहरुलाई साथ दिन दैलेखको काडाँचौरमा पुरुषहरुले पनि तीजको मेलामै देउडा गीत गाएर तीज मनाएका थिए। सधैको बर्ष तीज नाचले भरिने काँडाचौर यस बर्ष भने शुन्य सहभागिताका कारण दिनभर खाली देखियो ।

तीजको मौलिकता हराउँदै गए पनि तीजको दिनमा पुराना भाकाहरु संगै नया पिढिका गीतमा ढाकिने दैलेखको काडाँचौर यस पटक कोरोनाको कारण खाली देखिएको हो । हरेक बर्ष यहाँका ११ वटै स्थानिय तहहरुमा तीजको दिनमा सबै दिदिबहिनीहरु जम्मा भएर गाउँको पाएक पर्ने ठाउँमा तीज लगाउँने परम्परालाई यस बर्ष विश्व भरी फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले मानिसको जनजिवन संगै तीज पनि प्रभावित पारेको छ ।

पछिल्लो समयमा तीज तडक भडक बन्दै गएको भन्दै तीजमा मौलिकता ल्याउनुपर्ने महिला अधिकारकर्मीहरुले बताउँदै आएका छन् । उनीहरुका अनुसार मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै तीजको मौलिकता हराउन नदिनको लागि सबै लाग्नु पर्छ ।

यस बर्ष कोरोनको कारणले घर-घरमै तीज मानेका कारण तीजको रौनकता समेत नलागेको र भडकिलो भएको तीज आफुहरुको लागि सुहाउदाँ नहुने भएकाले यो बर्ष केही सहजता भएको भगवतीमाई गाउँपालिका-४ की मञ्जु वि.कले बताइन ।

अहिलेको तीज मनाउने प्रवृतिले तीजको मौलिकता नै ओझेलमा पर्न थालेको छ । यो बर्ष कोरोनाको कारणले गर्दा तीजमा हुने भिडभाडलाई रोक्न र कोरोना संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेपछी महिला तथा दिदी बहिनीहरुले आफ्नै घर भित्र तीज मनाएका छन् ।

नेपाली नारीहरुको महान चार्डको रुपमा लिने गरेको हरितालिका तीज भड्किलो भएको तथा यसले हुने खाने र हुँदा खाने वर्ग बीचको दूरी बढाउँदै लगेको बुढापाका महिला बताउँछन् ।

विगतका बर्षहरुको तीजमा दुई चार वटा मादल सहित गीत गुञ्जदा सिंगो गाउँनै हर्ष मनाईरहेको हुन्थ्यो । महिलाहरुले कर्म घरमा पाएका दुख पिडा बेदनाले भरिएका गीतहरु गाउँदै नाच्दै रमाइलो गर्ने त्यो परम्परा अहिले हराउँदै गएको छ ।

तीजको मौलिकता हराएसंगै मादल बनाउने समुदायको पेशासमेत संकटमा पर्न थालेको छ । यस बर्ष तीजमा मादल नै बिक्रि नभएको मादल बनाउने समुदायले समेत गुनासो गरेका छन् ।