६ जेष्ठ २०८१, आईतवार

भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ

gun
सांकेतिक तस्विर

निजगढ नगरपालिका—१ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित बाबुछोरालाई पक्राउ गरेको छ ।

क्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतान रहेका छन् । विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी चौकी भरतगंज सिंगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरीको नेतृत्वमा खटिएको प्रहरीले शुक्रबार राति दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट दुई थान लोड भएको भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने ३५ थान छर्रा, सात थान फलामको टुक्रा र बारुद बरामद गरेको प्रहरी निरीक्षक थपलियाले बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...