६ जेष्ठ २०८१, आईतवार

राजधानीमै टोलबासीले घेरे डाक्टर–नर्स बसेको होस्टल, कोरोना सर्न सक्ने भन्दै दुर्व्यवहार

civil hospital

शनिवार बिहान राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयबासीले डाक्टर तथा स्वास्थ्यकर्मीहरु बस्दै आएको घर घेराउ गरेका छन् । घर घेराउ गर्न आएका स्थानिय र उनीहरुका नेतृत्वकर्ताले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई धम्क्याएका हुन् ।

उक्त घरमा लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल सन्चालनमा छ जसमा सिभिल अस्पतालमा काम गर्ने केहि स्वास्थ्यकर्मीहरु बस्दै गरेका छन । होस्टलका सञ्चालक रोहित रानाका अनुसार करीब पचास साठी जनाको टोलीले घर घेराउ गरेका हुन । उनले भने, ‘बिहानै आएर उनीहरुले हुलदंगा गर्न खोजे, घर घेराउ गरेर धम्की पनि दिए । स्वास्थ्यकर्मी होस्टलमा राखेको कारण मलाई दुर्व्यवहार गरे । रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताएका छन् ।

रानाले बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका छन । खाली रहेको एउटा होस्टलमा उनले भदौ ४ गतेदेखि अस्पताल सँग आन्तरिक सहमति गरेरा केही स्वास्थ्यकर्मी राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।

civil service

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको रानाको भनाइ छ ।

स्थानीयको विरोधपछि अस्पतालले जिल्ला प्रशासन काठमाडौंलाई समन्वय गरिदिन आग्रह समेत गरेको थियो।

वडाअध्यक्ष भन्छन् : यसबारे अस्पतालले जानकारी गराएन

स्थानीयले अवरोध गरेको बारेमा वडाअध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी लिइरहेको बताए। ‘सिभिल अस्पतालले चिकित्सकलाई राख्‍न मिलन चौकमा भवन लिएको जानकारी पाएको छु। अस्पतालले वडामा एक पटक सम्पर्क गर्नुपर्छ, भवन लिएकोबारे हामीलाई जानकारी भएन। जानकारी भएको भए हामी सहयोग गरिहाल्छौ।’

अवरोध गर्ने समूह कुन टोलका हुन् भन्‍न पत्ता लगाइरहेको उनले बताए। होस्टेलका लागि अस्पतालले भवन भाडामा लिएको जानकारी पाएको अध्यक्ष भण्डारीले बताए। टोलबासीले शनिबार बिहान फोन गरेर त्यसबारे जानकारी गराएको उनले बताए

‘चिकित्सकको मनोबल बढाइरहेका छौँ। सामाजिक काम हामीले पनि गरिरहेका छौँ’, उनले भने, ‘तर, अस्पतालले हामीलाई यो विषयमा जानकारी गराउनु पर्छ।’

बानेश्‍वर प्रहरी वृत्तका प्रहरी निरीक्षण किशोर कुमार न्यौपानेका अनुसार चिकित्सकहरुलाई होस्टेल पस्‍न नदिन केही समय स्थानीयले अवरोध गरेका थिए।

अस्पताल र स्थानीयबीच मौखिक सहमति भएपछि वातावरण सहज भएको उनले जानकारी दिए। ‘कोरोनाको महामारीको बेलामा संक्रमण फैलिने भन्दै स्थानीयले विरोध गरेका रहेछन्,’ प्रहरी निरीक्षक न्यौपानेले भने।

अस्पतालको होस्टलमा ६ महिला र १ पुरुष स्वास्थ्यकर्मी बस्‍ने गरेको न्यौपानेले बताए। स्थानीयले होस्टलमा अस्पतालकै सुरक्षाकर्मी राख्‍न भनेका छन्। स्वास्थ्यकर्मीले बाहिर खाना खाएर आउनुपर्ने समझदारी भएको उनले जानकारी दिए।