
सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको एपीएफ स्रोतले बताएको छ।
नेपाल सरकारले अघिल्लो पटक लकडाउन हुँदा सीमा सुरक्षा कडाइका लागि प्रदेश नम्बर २ पठाइएका खेलाडी मध्ये अहिलेसम्म ३७ जनामा कोरोना पुष्टि भएको स्रोतले जानकारी दिएको हो।
सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।
शुक्रबार पुष्टि भएका ३४ मध्ये १८ जना चोभारको क्वारेन्टाइनमा बसिरहेका खेलाडी र १६ जना दुवाकोट क्वारेन्टाइनमा बसेका खेलाडीमा कोरोना देखिएको हो।
यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।
पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।