१३ बैशाख २०८१, बिहीबार

अग्रजलाई सम्मान गर्न नजान्ने आलु गायक दुर्गेश

durges thapa aalo jasto gayak

पछिल्लाे समय लकडाउनयता विभिन्न कलाकारहरु अन्तरवार्ताकाे क्रममा आफुले ख्याल नपुर्याइ बाेल्दा बिबादितसंगै ट्राेलकाे सिकार बने । ती मध्येका एक हुन गायक तथा माेडल दुर्गेश थापा ।

एक दशकयता दुर्गेश माेडलिङसंगै गायनमा ब्यस्त रहेपनि उनि लोकप्रिय थिएनन ।

गतबर्ष उनले गाएकाे तिज गीत “बिचबिच्चमा” ले उनको चर्चा एकाएक चुलिएको हो । त्यसयता उनले गाएकाे “राजा हाे राजा” बाेलकाे गीतले उनी केहिदिन जेल बस्न परेको थियो गीतमा गाँजा र बियरकाे चर्चा गरिएको थियाे ।

यसबर्ष दुर्गेशले गाएका कुनै गीतमा अपशब्द प्रयाेग गरिएकाे र कति गीत चाेरिकाे समेत आराेप लागेकाे छ । उनले गाएकाे गीतमा पुराना स्रष्टाहरुकाे शब्द तथा संगीत मिल्न गएपनि सम्बन्धित निकायले चासाे नदिएपछि दुर्गेश चोखिए ।

लकडाउन यता भने दुर्गेश बिबादसंगै ट्राेलकाे सिकार बने ।

एक टेलिभिजन अन्तरवार्ता कार्यक्रममा नारायण गाेपालकाे कुनै एक गीत गाउनुस भन्दा भक्तराज आचार्यकाे गाए । त्यसैगरी यम बरालकाे गीत भनेर रामकृष्ण ढकालकाे गीत गाए । सो अन्तरवार्ता लगत्तै उनि सामाजिक संजालमा ट्राेलकाे सिकार राम्रैसंग बने ।

त्यसयता कतिपय गायक गायिका तथा दर्शकहरुले विभिन्न टिक्काटिप्पणी गरे । उनीमाथी अग्रज गायक गायिका नचिन्ने, सुर न तालबिनाकाे गायक , हावा गायक र अरुकाे चाेरेर हिट भएकाे गायक लगायतका शब्दहरु प्रयाेग भयो ।

उनकाे पछिल्लाे एक तिज गीतकाे भिडियाेमा सारी लगाएर नाच्दा महिलाहरुले समेत मिडियामा आएर दुर्गेशबिरुद्व अपशब्द प्रयाेग गर्दे गाली गरे ।

यसै सन्दर्भमा दुर्गेशकाे बिहिबार एक गीतकाे भिडियाे सार्वजनिक गरेका छन । “आलुजस्ताे गायक” बाेलकाे गीतमा आफ्नाे बिबादित कुराहरु जाेडेर आफैलाई आलु जस्तो गायकको उपमा दिएका छन ।

durgesh aalo

गीत छाेटाे समयमा युट्युबको शिर्ष स्थानमा दोश्रो रहेकाे छ । उक्त भिडियोमा दुर्गेशसंगै नायकद्वय पल शाह र पुष्प खडकासमेत नाचेका छन । भिडियाेकाे सुरुवातमा दुर्गेश रेडियाेमा धर्मराज थापाद्वारा गाइएको “हरियो डाँडा माथी गीत सुन्दै गरिएको देखिन्छ” । उनले उक्त गीतलाई घुमाउरो पाराले बबाल गाएकाे भनेर आफ्नो गीत पनि रामो रहेको प्रष्ट्याउन खोजेको देखिन्छ ।

गीत सुन्दा लाग्छ उनी आफ्नो गीतालाई युट्युबमा ट्रेन्डिङ्गमा ल्याएर चर्चा बटुल्न माहीर छन । लोकप्रियताकै लागी उनले अग्रजलाइ सम्मान दिएकाे जस्तो पनि देखिन्न । यस भिडियोमा उनले प्रयाेग गरेकाे पुरानाे गीत “हाे हाे माले” भन्ने पनि बबाल गाएकाे भन्ने शब्दले सिधै धर्मराज थापालाइ हाेच्याएकाे देखिन्छ । यसरी विवादित बनेर चर्चामा बस्न रहन रुचाउने देखिन्छन दुर्गेश ।

आलु जस्तो गायक गीत मार्फत उनले कुनै सन्देश, मनोरन्जन भन्दा पनि आफ्नो मनको कुण्ठा पोखेको प्रष्ट बुझिन्छ ।