
अभद्र व्यवहार आरोप मा चैत १, गते २०७५ मा पक्राउ परेका विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् | प्रहरीले उनलाई आइतबार रिहा गरिएको हो ।
२ दिनअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीमाथि लागेको आरोप माथि फैसला गर्दै छाड्ने आदेश जारी गरेको थियो । प्रतिबन्धित बिप्लव समुह मा रहे पनि कार्की भने समस्या को समाधान वार्ताको माध्याम बाट निकास खोज्नु पर्ने बिचार धारा बोकेका नेता रहेका छन ।
त्यसैगरी सोमबार महाशाखाको टोलीले केन्द्रीय सदस्य डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङलाई नियन्त्रणमा लिएको छ । पार्टीको गतिविधिबारे रणनिति बनाउँदै गर्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।