१२ बैशाख २०८१, बुधबार

पत्रकार सालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिए

salikram

काठमाडौं । पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्

सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका उनी न्यूज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा पनि काम गरिसकेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।