 
								एक म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् ।
भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले गायक सहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् ।
गायक ग्लालेन दोर्जे तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भगवानपाउँबाट नियन्त्रणमा लिएको हो। सोमबार ‘मंगोल हप अफिसियल’ नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। ‘देशद्रोही’ बोलको भिडियो हालेको थियो।
महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सनलाई मंगलवार नियन्त्रणमा लिएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो। भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै कारवाही गर्ने व्यवस्था रहेको छ। गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ।
युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् ।
मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित सल्लेनी वडा नम्वर ३ स्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।
 
											 
									 
									 
									