११ बैशाख २०८१, मंगलवार

झण्डा जलाईएको म्यूजिक भिडियोका क्यामेराम्यान पक्राउ, अन्यको खोजी जारी

nepal flag lit on fire

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो भिडियो बनाउने क्यामेराम्यान रहेका छन । भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी रहेको छ ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

मकवानपुरमा छयांकन गरिएको भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य रहेको भिडियोको सामाजिक संजालमा चर्को विरोध भएको छ ।