१६ चैत्र २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ७ जनाको निधन, काठमाडौं उपत्यकामा २०० संक्रमित नाघ्यो

corona 1

नेपालमा आज (मंगलबार्) १३४६१ पिसिआर टेस्ट भएकोमा थप १०१६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १०,५६३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । हाल क्वारेन्टाइनमा १३,९२६ जना रहेका छन । पछिल्लो २४ घण्टामा ८५ जना र आज सम्म १७,५८० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरेर उपत्यकामा २०५ जना संक्रमित थपिएका छन |

हालसम्म ११८ जना संक्रमित आईसियुमा र ८ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । प्रदेश अनुसार आईसियुमा १०० जना उपचाररत छन जसमा प्रदेश १ मा ४, प्रदेश २ मा ४६, बाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १० जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा ८ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

त्यस्तै हालसम्म मृतक ११४ जनामा काेराेना पुष्टि भएकाे छ।