२२ बैशाख २०८१, शनिबार

उपत्यकामा थपिए १७२ संक्रमित , आइसियु र भेन्टीलेटरमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा

icu covid representation

नेपालमा आज (आइतबार) १२,२४७ पिसिआर टेस्ट भएकोमा थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ९,२२१ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ । हाल क्वारेन्टाइनमा १५,२४३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १३४ जना र आज सम्म १७,३३५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

कुल ४९७ जना संक्रमित होम क्वारेन्टाइनमा रहेका छन जसमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा १०५ जना रहेका छन भने गण्डकी प्रदेशमा शुन्य संक्रमित रहेका छन ।

काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना गरेर उपत्यकामा १७२ जना संक्रमित थपिएका छन |

हालसम्म १०० जना संक्रमित आईसियुमा र ६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । प्रदेश अनुसार आईसियुमा १०० जना उपचाररत छन जसमा प्रदेश २ मा ४१, बाग्मती प्रदेशमा ४७, गण्डकी प्रदेशमा १ र प्रदेश ५ मा ११ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा ६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

त्यस्तै हालसम्म मृतक १०४ जनामा काेराेना पुष्टि भएकाे छ।