८ बैशाख २०८१, शनिबार

श्रीमती हुँदाहुँदै पूर्वप्रेमिका संगको निरन्तर सम्बन्धले भएको मनमैंजु छुराकाण्ड

b1f14f206152a493918c464941e30213 w1000 h500 cp

काठमाडौंको मनमैजुुमा छुुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति काठमाडौंको मनमैंजुस्थित एक खाजा घरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण तामाङको हत्या भयो।

चक्कु प्रहारबाट घाइते उनलाई अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। नुुवाकोट घर भई हाल काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय लक्ष्मण तामाङको शुुक्रबार साँझ हत्या भएको थियो।

तामाङको हत्या भएको २४ घण्टा नबित्दै प्रहरीले माछापोखरीस्थित एक गेष्ट हाउसबाट हत्या आरोपी दोर्जे शेर्पालाई पक्राउ गर्‍यो। तामाङको हत्यामा संलग्न रही फरार रहेका दोलखाका आङदोर्जे शेर्पाला प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

घटनास्थलबाट शुुक्रबार नै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा आङदोर्जेले लक्ष्मणलाई छुरा प्रहार गरेको पत्ता लागेको थियो।

प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। तर, छुरा प्रहार गर्ने दोर्जे भने फरार रहेका थिए। प्रहरी अपराध महाशाखाबाट खटिएको एसपी ईश्वर कार्कीको टोलीले दोर्जेलाई शनिबार बिहान पक्राउ गरेको हो। उनलाई माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको कोठा नं १०१ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दोर्जेले आफूले छुरा प्रहार गरेको स्वीकार गरिसकेका छन्।

श्रीमती र पूर्वप्रेमिकाको झगडाका कारण लक्ष्मणले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र पूर्वप्रेमिकाबीच झगडा भएको र त्यही विवादका क्रममा चक्कु प्रहारबाट उनको ज्यान गएको प्रहरीसमक्ष बताएका छन्।

प्रहरीका अनुसार तीन महिना पहिले विवाह गरेका लक्ष्मणको पूर्वप्रेमिकाको विषयलाई लिएर घर झगडा भइरहेको थियो। विवाहपछि पनि लक्ष्मण र पूर्वप्रेमिकाबीच निरन्तर सम्पर्क र सम्बन्ध थियो। लक्ष्मणकी श्रीमतीले प्रेमिकालाई फोन गरेर पटक–पटक थर्काएकी थिइन्। तर, लक्ष्मण प्रेमिकाबाट टाढिन मानेका थिएनन्।

लक्ष्मण विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहिरहेपछि उनको श्रीमतीले त्यसमा आपत्ति जनाउँदै आइरहेको एसपी कार्कीले बताए।

उनीहरूबीच पछिल्लो समय फोनमा चर्काचर्की परेपछि मनमैंजुस्थित एक खाजा घरमा छलफल गर्न आएका थिए। सोही क्रममा लक्ष्मणकी पूर्वप्रेमिकाले उनको साथी दोर्जेलाई पनि बोलाएकी थिइन्।

सोही विषयमा लक्ष्मणकी श्रीमतीले आफन्तसहित बोलाएर शुुक्रबार साँझ छलफल गरेकी थिइन्। शुुक्रबार साँझ वसन्त टोलको गोर्खाली खाजा घरमा लक्ष्मणका श्रीमान–श्रीमती र पूर्वप्रेमिकासहित आफन्तका बीचमा झगडा भयो।

प्रेमिका र श्रीमतीका बीचमा झगडा भएपछि दुवैले आ–आफ्ना मान्छे बोलाए। लक्ष्मणकी श्रीमतीले माइती पक्षका दाजुभाइ बोलाइन्। प्रेमिकाले भने दोर्जेलगायतका आफन्त बोलाएकी थिइन्।

छलफल हुँदै गर्दा त्यसले उग्ररूप लिएको र लक्ष्मणले आफूमाथि चक्कु प्रहार गर्दा त्यसलाई समातेर उनैतर्फ फर्काएको दोर्जेले बयान दिएका छन्।

त्यही क्रममा दोर्जेले छुरा प्रहार गरेर लक्ष्मणलाई घाइते बनाए। उनलाई उपचारका लागि राति नै ग्रान्डी अस्पताल लगिएकोमा अस्पतालले राति ११ बजेतिर मृत घोषणा गरेको थियो।