११ बैशाख २०८१, मंगलवार

भक्तपुर सूर्यविनायकबाट ड्राईभिङ सेन्टर संचालक बलात्कार आरोपमा पक्राउ

rape

सूर्यविनायक नगरपालिका-५ चुनदेवी बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-५ कुर्कन्टार घर भएका १९ वर्षीय गंगा गिरीलाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गिरीले सोही नगरपालिका चुनदेवीस्थित आफैले संचालन गरेको ड्राईभिङ सेन्टरको कार्यालय कोठामा २०७६ मंसिर ७ गते ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।