६ चैत्र २०८०, मंगलवार

केपी ओली र नरेन्द्र मोदीबीच फोनवार्ता

oli modi
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

शनिबार दिउँसो भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् ।

दुई प्रधानमन्त्रीबीच टेलिफोन संवादका विषयमा परराष्ट्र मन्त्रालयले थप जानकारी दिने थापाले बताएका छन्।

भारतले अतिक्रमित गरेको नेपाल भूमि समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको छ। यो बीचमा नेपालले पटक पटक गरेको वार्ताको आग्रहलाई भारतले बेवास्ता गर्दै आएको थियो।

दुई देशबीच सीमा विवादको विषय चर्केपछि प्रधानमन्त्री तहमा कुरा हुन सकेको थिएन । श्रोतका अनुसार ११ मिनेट लामो कुराकानीका क्रममा कोरोना महामारी नियन्त्रणबारे अनुभव आदान प्रदान समेत भएको थियो ।

शनिबार विहानै प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत भारतीय कमकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए।