६ बैशाख २०८१, बिहीबार

न्युजिल्याडमा १०२ दिनपछि कोरोनाका सङ्क्रमित भेटिए

Auckland

न्युजिल्याण्डमा १०२ दिनपछि कोभिडका सङ्क्रमित भेटिएका अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएको छ । उक्त पत्रिकाले जनाएअनुसार न्युजिल्याण्डमा गएको कम्तीमा पनि १०२ दिनपछि कोरोना भाइरसका सङ्क्रमित देखिएका हुन् ।

अकल्याण्डमा बुधबार चार जना नयाँ सङ्क्रमित देखिएको समाचारसँगै समुदायस्तरमा नै यहाँका ती सङ्क्रमितमा सङ्क्रमण फैलिएको पाइएको पनि सो समाचारले जनाएको छ ।

ती चार जनामध्येका एक ५० वर्षीय व्यक्ति हुन् र उनी आफू घर छोडेर कतै नगएको बताएका छन् । चिकित्सकहरुले घरमै रहेका व्यक्तिमा कोरोना देखिएकोले यहाँ पनि समुदाय स्तरमा सङ्क्रमण बढेको पाइएको बताएका छन् ।

उनीहरुले यस्तो अवस्थामा लकडाउन गर्नुपर्ने सुझाव दिएकोले यहाँको सरकारले यहाँका कतिपय सेवाहरुमा प्रतिबन्ध लगाएको छ ।

यहाँ आगामी सेप्टेम्बरमा हुन गइरहेको संसदको निर्वाचन पनि अनिश्चित बनेको बताइएको छ । न्युजिल्याण्डमा लामो समयदेखि कोरोना सङ्क्रमण थिएन । महिना दिन भन्दा अघि यहाँका प्रधानमन्त्री जासिन्दा आर्डरनले न्युजिल्याण्डलाई कोरोनामुक्त देश घोषणा गर्नुभएको थियो ।